Author: खबरमञ्च
काठमाडौँ- सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना…
नयाँ दिल्ली- भारत र पाकिस्तानबीच कूटनीतिक तनाव पुनः चुलिँदै गएको छ। मङ्गलबार दुवै देशले एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने निर्णय गरेका छन्। पाकिस्तानले भारतका एक कूटनीतिज्ञमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उनलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ। इस्लामावादस्थित भारतीय उच्चायोगका ती अधिकारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न आदेश दिइएको पाकिस्तानी परराष्ट्र मन्त्रालयले जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भारतीय कार्यवाहक राजदूतलाई मन्त्रालयमा बोलाई सो निर्णयबारे औपचारिक जानकारी दिइएको हो। साथै, भारतीय नियोगका कर्मचारीहरूले आफ्नो कूटनीतिक भूमिकासँग मेल नखाने गतिविधिबाट जोगिन सुनिश्चित गर्न आग्रह पनि गरिएको छ। यसअघि भारतले पनि नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक कूटनीतिज्ञलाई देश छाड्न…
झापा- बैंकिङ कसूर मुद्दामा झापा बिर्तामोडका भानु शिवाकोटी पक्राउ परेका छन्। अञ्जली ओभरसिजका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्व अध्यक्षसमेत रहेका शिवाकोटीलाई बैशाख २८ गते आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। शिवाकोटीविरुद्ध झापा बिर्तामोड–३ निवासी कुमार दाहालले शिवाकोटीविरुद्ध ११ लाख रुपैयाँको चेक बाउन्स भएको उजुरी दिएका थिए। उजुरीका आधारमा उनलाई पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
भोजपुर- भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ। प्राकृतिक सौन्दर्य, लालीगुराँसको वन र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने यो पदमार्गले स्थानीय व्यापार, पर्यटन र उत्पादनको बजारीकरणमा टेवा पुर्याएको छ। करीब ७० लाख लागतमा निर्माण भइरहेको पदमार्ग हाल ओख्रे बजारदेखि करिब ७ किलोमिटरसम्म विस्तार भइसकेको छ र चुलाचुली क्षेत्रसम्म जोड्ने योजना छ। पदमार्गलाई मुन्दुम ट्रेलसँग जोड्ने, चियाखेती विस्तार गर्ने र होमस्टे संचालन गर्ने तयारीसमेत गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए। यो परियोजना नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको हो।
झापा- कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा एक फ्रान्सेली महिला पर्वतारोहीको मृत्यु भएको छ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरबाट शनिबार राति ११ बजे आरोहण गर्ने क्रममा ६३ वर्षीया मारगेटा मोरिङको ज्यान गएको हो। स्वासप्रश्वासमा समस्या आएपछि उनको अवस्था गम्भीर बनेको थियो। यद्यपि घटनाको जानकारी प्रहरीलाई आइतबार मात्र प्राप्त भएको हो। प्राप्त जानकारी अनुसार मृतकको शव करिब ७,५०० मिटर उचाइमा रहेको छ। उक्त स्थान प्रहरी चौकी याम्फुदिनबाट करिब ७५ किलोमिटर टाढा पर्छ।
झापा- झापाको विभिन्न स्थानमा आइतबार साँझ परेको वर्षासँगै आएको हावाहुरीले ठूलो क्षति पुर्याएको छ। विशेष गरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तीसबिघेमा स्थानीय किसानहरूले लगाएको केराखेतीमा करिब ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार करिब १५ घरधुरीका किसानले ३० बिघा क्षेत्रमा लगाएको केराखेती हावाहुरीका कारण पूर्ण रूपमा नष्ट भएको हो। इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको टोलीले स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गरेको जनाइएको छ। यसैबीच, हावाहुरीले मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित कामक्ष इण्डष्ट्रिज प्रा.लि. (प्लाई उद्योग) मा पनि क्षति पुर्याएको छ। कम्पनीका अनुसार हावाहुरीले पिलिङ भवनको पश्चिम भागको…
झापा- आज किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन्। वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा अन्नबाली सप्रियोस्, राम्रो उत्पादन होस् र पृथ्वीमा खाद्यान्नको कमी नहोस् भन्ने कामनासहित विभिन्न पूजाआजा गरिन्छ। किराँत समुदायका उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन्। उभौलीलाई बाली लगाउने, जबकि मङ्सिर पूर्णिमामा मनाइने उधौलीलाई बाली थन्क्याउने पर्वका रूपमा मनाइन्छ। उभौलीमा सुम्निमा र पारुहाङ ले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ। यो पर्व आजबाट सुरु भइ एक महिना लामो चल्ने गर्दछ। उभौलीको अवसरमा चण्डी नाच प्रदर्शन गरिने भएकाले आजको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ, जसलाई सुम्निमा (पार्वती) को सृष्टि दिवसको रूपमा लिइन्छ।
धनकुटा- गएराति धनकुटामा सवारी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्। ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको टाटा सुमो अनियन्त्रित भइ सडकबाट करिब १० फिट तल खस्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटना धनकुटा साँगुरीगढी गाउँपालिका–३ कुसेटारस्थित तमोर करिडोर सडकखण्डमा राति करिब १० बजेतिर भएको हो। मे १ ज २६५५ नम्बरको टाटा सुमो अनियन्त्रित भइ कल्भर्टबाट तल खसेको थियो। दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ। घाइतेहरूको विवरण यसप्रकार छ: नमकला फुयाल, ४५ वर्ष, भरतपुर नपा–११, अवस्था मध्यम जयेश्वर पोखरेल, ४७ वर्ष, अवस्था मध्यम इसु पंगेनी, ३८ वर्ष, अवस्था मध्यम निकिता फुयाल, २२ वर्ष, अवस्था सामान्य शिरिष पोखरेल, १६…
झापा- सोमबार दिउँसोदेखि झापाका विभिन्न स्थानहरूमा आएको तीव्र हावाहुरी र अविरल वर्षाका कारण लाखौं रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। स्थानीयबासी प्रभावित भएका छन् भने मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ। प्राप्त विवरणअनुसार मेचीनगर नगरपालिका वडा नं. १५ स्थित धुलाबारीमा रहेको कामक्ष इण्डष्ट्रिज प्रा.लि. (प्लाई उद्योग) मा पानीसहितको हावाहुरीले पिलिङ भवनको पश्चिमतर्फको ट्रस्ट र जस्ताले बनेको छाना उडाएको छ। सोही स्थानमा जडान गरिएको एउटा सीसीटीभी क्यामेरासमेत फुटेका कारण करिब रु. २ दुई लाख २० हजार बराबरको क्षति भएको छ। घटनास्थलमा प्रहरी चौकी ज्यामिरगढीबाट प्रहरी टोली खटिएको थियो। त्यसैगरी, दमक नगरपालिका वडा नं. ८ मा बस्ने दुर्गा प्रसाईको…
झापा- झापाको अर्जुनधारा नगरपालिकास्थित टाङटिङ खोला क्षेत्रमा अवैध उत्खनन अझै पनि जारी छ। सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रवार र शनिवार सात वटा ट्रयाक्टरलाई खोलाको निषेधित क्षेत्रमा अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्रयाक्टरहरूको नम्बर क्रमशः प्र १–०१–००१ त ८२३०, मे.१.त ४३४२, प्र.१–०१–००१ त ८२३०, प्र १–०३–००१ त २३९५, प्र १-०१–००१ त ९४६६, प्र १–०१–००१ त ८९७९ र प्र १–०१–००१ त ८०३५ रहेको छ। यी ट्रयाक्टरहरू आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाइएका छन्। केही दिन अघि प्रमुख जिल्ला अधिकारी, झापाका प्रहरी प्रमुखलगायतको टोलीले टाङटिङ खोलाको अवैध उत्खननको अनुगमन गरेका थिए। यद्यपि,…