Author: खबरमञ्च

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले १ वैशाख २०८३ देखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका हुन् ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गरेर निर्णयबारे जानकारी गराएका छन् । विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएका कार्यक्रमहरु बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यक्रमहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउनेसम्बन्धी जिल्ला…

Read More

झापा- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई गएराति पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए । काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थीले काठमाडौंको सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिकाबारे सर्वेक्षण गरिरहेका थिए । त्यसक्रममा…

Read More

काठमाडौँ- पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

Read More

काठमाडौँ– पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। चिकित्सकको सुझावपछि निगरानीमा राख्न उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। उनलाई अस्पतालको एनेक्स वान भवनस्थित विशेष कक्षको ५०१ नम्बर बेडमा राखिएको छ। उनको रगत परीक्षण, भिडियो एक्सरे लगायतका जाँच गरिएको थियो। पक्राउपछि प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि ७४ वर्षीय ओलीलाई अस्पताल पुर्‍याइएको थियो। उनलाई २३ र २४ भदौको जेनजी आन्दोलनमा दोषि देखाउँदै छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेअनुसार प्रहरीले पक्राउ गरेको हो। शनिबार एकाबिहानै भक्तपुरको गुण्डुस्थित निवासबाटै प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनको पक्राउको विरोध भइरहेको छ। साथै प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि…

Read More

काठमाडौँ- नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानूनी ठहर गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सरकारको यो कदम लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको निष्कर्ष निकालेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै गिरफ्तारीको कडा निन्दा र भर्त्सना गरे। एमालेले पक्राउ परेका दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको छ। महासचिव पोखरेलका अनुसार सरकारले पूर्वाग्रही ढंगले कदम चालेको भन्दै एमालेले यसको राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने…

Read More

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। बालेन नेतृत्वको सरकारको गृहमन्त्रीमा सुधन गुरुङ रहेका छन् भने अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्। यस्तै, कानुन मन्त्रालयको जिम्मा सोविता गौतमले पाएकी छन् भने ऊर्जा मन्त्रालय विराज भक्त श्रेष्ठ, परराष्ट्र मन्त्रालय शिशिर खनाल, तथा पर्यटन मन्त्रालय गणेश पौडेलले पाएका छन्। सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल, कृषि मन्त्रालय गीता चौधरी, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुरेश लम्साललाई दिइएको छ। शिक्षा मन्त्रालय सरोज पराजुली, महिला, बालबालिका मन्त्रालय सीता बादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता र श्रम मन्त्रालय दिपक शाहले सम्हाल्ने भएका छन्। यस्तै, रक्षा,…

Read More

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता शाहलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले आजै बिहान उनलाई नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन…

Read More

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा चैत ६ देखि ८ गतेसम्म चलेको बैठकले निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पेस गरेको राजीनामालाई अस्वीकार गर्ने निर्णय गरेको हो। बैठकले सभापतिको राजीनामा अस्वीकृत गर्नुका पछाडि मुख्य आठवटा आधारहरू प्रस्तुत गरेको छ। निर्वाचनमा व्यहोरेको हारको मुख्य कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रणबाहिरका परिस्थिति रहेको बैठकको निष्कर्ष छ। वर्तमान जटिल राजनीतिक अवस्थामा थापाकै नेतृत्व आवश्यक रहेको, राजीनामाले पार्टीमा अस्थिरता र कार्यकर्ताको मनोबल गिराउने तथा ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएकाले राजीनामा…

Read More

झापा- झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईमा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानि) सहित चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सप्रनानि केदार श्रेष्ठ र स्थानीय तीन सर्वसाधारण रहेका छन्। आइतबार दिउँसो स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा रहेको चितुवालाई नियन्त्रणमा लिन खोज्दा उक्त घटना घटेको हो। डिभिजन वन कार्यालय झापासँगको समन्वयमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोलीले साँझ ६ बजेतिर चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवा एक्कासि बिच्किएर सुरक्षामा खटिएका टोलीमाथि जाइलागेको थियो। चितुवाको आक्रमणबाट सप्रनानि केदार श्रेष्ठको अनुहार, हात-खुट्टा, कान र बायाँ पाखुरामा चोट लागेको छ। उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।…

Read More

झापा — झापाको भद्रपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध ब्राउन सुगरसहित सात जनालाई नियन्त्रणमा लिएको छ । गएराति छुट्टाछुट्टै दुई स्थानमा गरिएको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध ब्यूरो इकाई काँकडभिट्टाको संयुक्त टोलीले यो सफलता प्राप्त गरेको हो । प्रहरीले पहिलो कारबाही भद्रपुर-६ स्थित श्रवण यादवको घरमा गरेको थियो । गोप्य सूचनाको आधारमा राति ९:३० बजे पुगेको प्रहरी टोलीले खानतलासी गर्दा प्लास्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । यस घटनामा संलग्न ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश…

Read More