Author: admin
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल राजीनामा दिएपछि शाह मुख्यमन्त्री भएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्। विश्वासको मतका लागि मुख्यमन्त्री रावलले पेस गरेको प्रस्ताव नै छलफलका लागि पारित हुन नसकेपछि रावल पदमुक्त भएका हुन्। उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन नगइ काठमाडौं बसेपछि उनलाई विश्वासको मत पाउने अवस्था थिएन।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएको व्यवस्था लागू नगरि संविधानलाई दोष दिन नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिस्ठानबाट आयोजित अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानले भनेको कुरा पहिला लागू गर्दै त्यसको नतिजाका बारेमा समिक्षा गर्नुपर्ने बताएका हुन् । संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरु बनाउन जरुरी रहेकाले संविधानको पूर्ण कार्यान्वयनपछि मात्रै संविधानमा भएका त्रुटीहरुका बिषयमा निष्कर्षमा पुग्न सकिने उनले बताए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले मलुकको शासकिय स्वरुप, निर्वाचन प्रणालीका बिषयमा धारणा राखेको लोसपाका नेता केशव झाले जानकारी दिए । उनले प्रत्यक्ष निर्वाचित…
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो। बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा पछिल्लो समय आएका खटपट, सुदूरपश्चिम प्रदेश सरकार, रिक्त रहेको ५ मन्त्रालयलगायतको विषयमा छलफल हुने जनाइएको छ। एमाले बैठकलगत्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ।
काठमाडौं। सुदूरपश्चिम प्रदेससभाको बैठक फेरि सरेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेलाई सारिएको हो। दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। यसअघि बुधबार बोलाइएको प्रदेससभा बैठक स्थगित भएर बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेससभाको बैठक बोलाइएको हो। मुख्यमन्त्री रावलका पक्षमा प्रदेससभाको बहुमत जुटेको छैन। रावलको पक्षमा बहुमत जुट्न नसक्दा प्रदेससभा बैठक सार्न लगाइएको हो। बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेस सांसद रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ। पुस २७ गते…
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले दर्ता गरेको रिट निवेदनमाथि आज सुनवाइ हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले निवेदन दरपिठ गरेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्। कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन। मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ।’ ओलीले थप भनेका थिए, ‘बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फक्र्यो। सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ।’ यो प्रत्यन्त कांग्रेसले गरिरहेको देखिन्छ। उसले प्रदेशमा पनि माओवादीका मुख्यमन्त्री, सभामुखलाई मत दिएको छ। राष्ट्रियसभा उपाध्यक्षमा पनि माओवादी उम्मेदवार उर्मिला अर्याललाई निर्विरोध जिताएको…
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै हुँदा जनसेवा प्रवाह प्रभावित भएको बताउँदै घटाउने तयारीमा जुटेका छन्। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले यसको संकेट गरेका छन्। ‘हाम्रा सरकारी विदा धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ’, उनले भने, ‘यसबारे पुनर्विचार आवश्यक छ भनेर मन्त्रिपरिषदमा छलफल गरेका छौँ। गृहकार्य गरेर पुनर्विचार गर्नुपर्छ।’ प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले यसमा पनि छलफल आवश्यक भएको बताए। ‘हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ। तर, ती…
काठमाडौं । गत राति १२ बजेदेखि लागू हुने गरि डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ । निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ । जसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रुपियाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपियाँ रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल आज बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुनेछ । प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।