Author: खबरमञ्च
झापा । झापाका छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ७ स्थित डाँगीबारीमा आइतवार साँझ ६ः५० बजे र गौरादह नगरपालिका वडा नम्बर ४ धरधरेमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । ७ डाँगीबारी स्थित बिजय राजबंशीको टिनको छानो टाटीबेराले बनेको भान्सा घर र बाख्राको गोठमा अचानक आगलागी हुँदा एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको हो । आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा जानकारी प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोल, स्थानीय, नेपाल प्रहरी र बिर्तामोड नगरको दमकलको सहयोगमा ७ः४० बजे…
झापा । आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाका हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले सोमबार स्थानीय बिदा दिएका छन् । ती पालिकाहरुले छुट्टाछुट्टै सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएका हुन्। ती पालिकामा पालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने छन् । कमल र गौरीगन्ज गाउँपालिकाले भने यसअघि माघ ११ गते नै सार्वजनिक बिदा दिएको नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले जानकारी दिएका छन् । उनका अनुसार झापामा सन्थाल समुदायको जनसंख्या करिव ३७ हजार रहेको छ । सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्वका साथ मनाउने गर्दछन् । हल्दीवारी,…
झापा । झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा संलग्न भएको अभियोगमा बिर्तामोड ८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आइतबार पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको हो । बिहे गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६ महानन्द चोक पश्चिम मगरको हत्या गरेको प्रहरीले जनाएको छ । आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ति हुन् । छोरा बुहारीसंग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि अवैध यौन सम्बन्ध राखेको खुलेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।…
झापा – चुनाव भएर यतिका बर्ष बित्दा पनि सांसदले गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै झापा मेचीनगर १५ का युवाले ‘सांसद हराएको सूचना’ लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले प्लेकार्ड बोकेर खोजेका हुन् । संघीय संसदमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधित्व गर्छन् । मेचीनगर १५ स्थित ज्यामिरगढीका युवाहरुले सार्वजनिक रुपमै सांसदलाई खोजेका हुन् । मेचीनगर १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय युवाहरुले संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक…
झापा । झापामा पनि कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । बजारमा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको रङ्ग सम्बन्धमा विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रङ्ग (रोडामाइन बी) पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको छ । अनुमति लिएका, लेवल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध…
झापा । झापाको भद्रपुरस्थित मेची पुलबाट नेपाली कांग्रेसले शनिवारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । कांग्रेसका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ भन्ने अभियानको सुरुवात गरेका हुन्। स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने गरी हुलाकी राजमार्गबाट सुरु भएको अभियान माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ। ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मेची–महाकाली संवाद यात्राको नेतृत्व गर्दै निस्किएका महामन्त्री गगन थापाले भने, ‘हाम्रो यो अभियान जनताको निराशाबाट फाइदा र लाभ लिनलाई होइन, हाम्रो अभियानले…
झापा । झापाको कनकाई नगरपालिकाले कानून नै बनाएर नगर क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरे पनि छिमेकी पालिकाहरूमा खुल्ला कारोबार हुने गरेकोमा उक्त कानून कार्यान्वयनमा चुनौती थपिएको छ । सूर्तीजन्य पदार्थको सेवनले नगरबासीमा शरीरका विभिन्न भागका क्यान्सर, मुटुरोग तथा अन्य दीर्घ रोग नलागोस् भन्ने आशयका साथ नगरपालिकाले नगर क्षेत्र भित्र सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरेको हो । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि अनुगमनका लागि बजार जाँदा निषेध गरिएका सूर्तीजन्य पदार्थ बजारमा प्रशस्तै भेटिने गरेका छन् । नगरबासीको स्वास्थ्यमा जोखिमपूर्ण परिस्थिति नआओस् भनेर कानून नै बनाएर निषेध गरिएको सूर्तीजन्य पदार्थ बिक्री तथा उपभोगलक्षित कनकाई नगरपालिकाको कार्यालयले शुक्रबार बजारको…
विराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा नेपाली काँग्रेसले पटक–पटक धोका दिएको भन्दै सहकार्य भंग हुने चेतावनी दिएका छन् । बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिएका हुन् । ‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको छ’ नेम्बाङले भने, ‘कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाउनुपर्यो, अहिले पनि हाम्रा उम्मेदवार पराजित भए ।’ अब पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरे पनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्ने अवस्था आएको उनको भनाइ छ । नेम्बाङले गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला बिजयी भएर माओवादीका उम्मेदवार पराजित हुनुलाई योजनाबद्ध राजनीतिक बेइमानी…
विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएपछि नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले नेतृत्वबाटै धोका भएको आरोप लगाएकी छन् । सत्तारूढ गठबन्धनको मतको आधारमा आफूले जित्ने निश्चित हुँदाहुँदै पनि पराजित बनेपछि कार्कीले यस्तो आरोप लगाएकी हुन् । निर्वाचनमा उनी एमालेकी रुक्मिणी कोइरालासँग पराजित हुन पुगिन् । सत्ता गठबन्धनको तुलनमा ८ सय कम रहेको एमालेकी कोइरालाले अप्रत्याशित जित निकालिन् । कोइराला ५ हजार ८६ मतका साथ विजयी हुँदा उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् । तर, अन्यतर्फ गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भए । निर्वाचनको नतिजापछि कार्कीले राजनीति संभावनाको खेल भएकाले सिधा र सरल…
बिराटनगर । कोशीबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । प्रदेशसभाको मत गन्दा राप्रपाका उम्मेदवार उद्धब पौडेलभन्दा दुई मतले पछाडि परेका सिटौला स्थानीय तहको मत गणना सम्पन्न भएपछि विजयी भएका हुन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।