काठमाडौँ– भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संयुक्त लोकतान्त्रीक मधेशी मोर्चालाई छुट्टै भेट्ने भएका छन् ।
भारतीय दुतावासबाट प्राप्त खबर अनुसार मधेशी मोर्चाका नेताहरुलाई कात्तिक १८ गते विहान ७ः ५० बजे ह्यात होटलमा भेट्ने कार्यक्रम रहेको छ ।
सोही भेटघाटमा मधेशी मोर्चामा आवद्ध दलहरु तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रीकका अध्यक्ष राजकिशोर यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिँह भण्डारी र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा लगायतको सुची रहेको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाटमा मोर्चा बाहेकका अन्य नेता प्रभु साह, अमरेशकुमार सिँहलगायतका मधेशी नेताहरु पनि उपस्थित भएका थिए । प्रधानमन्त्री मोदीसँग भएको कुराहरु समेत बाहिर आएकोले यतिबेला मोर्चाका नेतालाई छुट्टै भेट्ने कार्यक्रम मिलाएको बताइएका छ ।
बिहानको छोटो भेटमा मधेशी मोर्चाका नेताहरुले आफ्नो आन्दोलन र सरकारसँग भएको सम्झौताको बारेमा छोटो ब्रिफ गर्ने मोर्चाकाे तयारी रहेको छ ।