काठमाडौं । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय र पूर्व मूख्य सचिव लीलामणि पौडेल भारत र चीनका लागि राजदूतमा नियुक्त भएका छन् ।

दुबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनका लागि राजदूतमा नियुक्त गरेको जानकारी राष्ट्रपतिको कार्यालय शीतल निवासले विज्ञप्तीमार्फत दिएको छ ।
त्रिपुरेश्वर काठमाडौं निवासी उपाध्याय यसअघि पनि भारतका लागि राजदूत भइसकेका थिए ।
तर, भारतीय योजनामा तत्काली केपी ओली नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको तथा नेपालस्थित भारतीय राजदूत रणजीत रेसँग शंकास्पद गतिविधिमा संलग्न भएको भन्दै तत्कालीन सरकारले फिर्ता बोलाएको थियो ।
उपाध्याय कांग्रेसको कोटाबाट भारतको राजदूत बनेका हुन् भने पौड्याल माओवादी केन्द्रको कोटाबाट चीनको राजदूत बनेका हुन् ।
सरकारले राजदूतका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गरेपछि गत असोज १६ गते दुबैको नाम राजदूतका लागि अनुमोदन गरेको थियो ।