काठमाडौं । राप्रपा नेपालकी सांसद कुन्तीकुमारी शाहीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे पार्टीले आफ्नो संसदीय दलको बैठकले निर्णय लिने बताएकी छन्। मंगलबार संसदमा बोल्दै उनले अगाडि भनिन्-
आज नेपालको संसदीय परिपाटीमा पहिलो पटक महाभियोगको संवैधानिक व्यवस्था अनुरुप अख्तियार प्रमुखका विरुद्ध छलफल गर्दैछौं।
संविधान र नियमावलीमा भएको व्यवस्था अनुसार एकचौथाइ सदस्यले महाभियोग ल्याउन सक्ने व्यवस्था छ। तर नेपाल विश्वकै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्छ। यस्तो गम्भीर विषयमा दलहरुबीच गम्भीर छलफलविना यो प्रस्ताव आएको छ।
यो मुलुकमा अन्तर्राष्ट्रिय संघसंस्थाको जालो र राष्ट्रिय निकायबाट भ्रष्टाचारको चपेटामा जनता छन्।
संविधानले अख्तियारमा कस्ता व्यक्ति नियुक्त हुने भन्ने प्रष्ट छ। नेपालमा भ्रष्टाचार अन्त्यका लागि सबैले काम गर्नु पर्छ। यो प्रश्नको जवाफ सदनले दिनु परेको छ।
संवैधानिक नियुक्ती हुने वेला सक्षम व्यक्ति भन्दा पार्टीको टिकट र लेवि तिर्नेलाई नियुक्ती दिन आतुर हुने कुराको जानकारी जनतालाई थाहा छ।
सार्वजनिक पद धारण गरेकै व्यक्तिले अख्तियारको दूरुपयोग भएको रिपोर्टहरु आइरहकेा छन्।