काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन सांसदहरूलाई अपील गरेका छन् ।

मंगलबार लाेकमानविरुद्धकाे महाअभियोग प्रस्तावको छलफलमा स्वास्थ्य मन्त्री थापाले भने, ‘एक ठाउँमा उभिएर यो प्रस्ताव पारित गरौं, सबै सांसदहरूलाई अपील गदर्छु ।’
प्रस्तावकहरुले अतिरिक्त अग्रसरता लिनुपर्ने उल्लेख गर्दै थापाले सबै दलहरु एक ठाउँमा उभिन जरुरी रहेको बताए । ‘प्रश्न महाभियोगको होइन, हामीले सही निर्णय गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो,’ उनले भने, ‘यो प्रस्ताव संसदमा छलफल होस् भनेर पहिला नै हामीले यहाँ दर्ता गरेका थियौँ तर संसदमा समय पाएन ।’
Facebook Comments Box