
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय नगरेरै सम्पन्न भएको छ ।
बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले ‘महाभियोग सिफारिस समितिमार्फत् स्वतन्त्र र निष्पक्ष छानविनमा लैजानुपर्ने’ निष्कर्ष निकालेको बताए । ‘संसदीय समितिले काम गर्दै रहन्छ, हाम्रो पार्टीले महाअभियोग प्रस्तावबारे आवश्यक गृहकार्य गरेर निर्णय लिन्छ,’ उनले भने ।
महाअभियोग प्रस्तावविरुद्ध संसदमा मतदान गर्ने दिनसम्म निष्कर्षमा पुग्ने कांग्रेस नेताहरुले बताएका छन् । गत बिहीबार र शुक्रबार बसेर २ दिनका लागि स्थगित बैठक पुनः सोमबार र मंगलबार बसेको थियो ।
Facebook Comments Box