काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताएका छन् ।

नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, हाम्रो गर्व हो, यसलाई नेपालको मौलिक पहिचान सहित स्थापित गर्न सरकार गम्भीर छ ।’
नेपाल सम्वत् ११३७ को अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा अलग अलग कार्यक्रमको आयोजना गरिने न्हु दँ समारोहका समितिका अगुवा मोतिलाल शिल्पकारले जानकारी दिए ।
Facebook Comments Box