काठमाडाैं । सत्तारूढ नेकपाको बुधवार बिहान (फागुन १४ गते) बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिषसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको खबर आयो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ आफैले सचिवालय बैठकले गरेको उक्त निर्णय सञ्चारमाध्यमलाई सुनाए र दिए ।
तर त्यो निर्णय कतिपय सञ्चारमाध्यममा आएर प्रकाशित हुन नपाउँदै फेरि अर्को खबर आयो, गौतमलाई होइन , हालका अर्थ एवं सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडालाईनै निरन्तर्ता दिने । र यो निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको हो । जुन पार्टीको निर्णय विपरीत थियो ।
सचिवालय बैठकमा गौतमको नाममा सहमति जनाएर निर्णय गराएका ओलीले अचानक किन पार्टीको निर्णय विपरीत जाने चेस्टा गरे रु यो प्रश्न यतिबेला सबैको मनमा छ ।
तर यसको ठोस उत्तर भने उनै ओलीसंग मात्र छ ।
तर खबरमञ्चलाई प्राप्त जानकारी अनुसार पछिल्लो समय आफूविरूद्ध भड्किएको जनमतलाई आफू अनुकूल बनाउन ओलीले यस्तो गर्न लागेका हुन् । कारण प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई चोरबाटोबाट संसदमा छिराउन खोजेको जनताले मन पराएका छैनन् । र ओली यसैको फाइदा उठाउन चाहान्छन् ।
यसबाहेक एक पटक प्रधानमन्त्री बनेरै छाड्ने बामदेव गौतमको अडान र उनकै लागि संविधान संशोधन गर्ने गृहकार्यमा नेकपाका केही नेता लागेको कुराले त यतिबेला नेकपा दुइ भागमा विभाजित जस्तै देखिएको छ । यस्तोमा जनताले के भनिरहेका छन् भन्ने कुरा ओलीलाइ राम्रोसंग थाहा छ ।
ओलीका विश्वासिला भनिएका गोकुल बाँस्कोटा कमिसन प्रकरणमा जोडिएपछि ओलीप्रति जनताको विश्वास आक्रोशमा परिणत भएको थियो । जसलाई ओलीले आफ्नो ६९ औं जन्मदिनका दिन नेपालको नक्सा अंकित केक काटेको विषयले झनै घ्यू थप्ने काम गर्यो । जसले गर्दा पार्टीभित्रबाटै घेराबन्दीमा परेका ओली जनतामाझ पनि झनै आलोचित हुन पुगे ।
गौतम प्रकरण ओलीका लागि त्यो आलोचना प्रशंसामा बदल्न सक्ने राम्रो अवसर थियो र यसलाई गुमाउन ओली चाहान्नन भन्ने सचिवालयको निर्णविपरीत उनले चालेको कदमले प्रष्ट देखाउँछ ।
तर यो निर्णय ओली एक्लैले गरेका पक्कै होइनन् । श्रोतका अनुसार, सचिवालय बैठकको निर्णय बाहिर आए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई फोन गरेकी थिइन् । फोनमा उनले आफूले खतिवडालाईनै निरन्तरता दिन चाहेकााले नेकपाले सोही अनुसार निर्णय गर्न भेनकी थिइन् ।
अर्थात राष्ट्रपति भण्डारी आफै पनि खतिवडा दोहोर्याउन चाहान्छिन् । कारण खतिवडा राजनीतिक परिवेश बाट नआएको भएपनि अर्थतन्त्रका हरेक पाटा राम्रोसंग बुझेका छन् र ओली पनि खतिवडालाई विश्वास गर्छन् ।
सरकार गठन भएको दुइ वर्ष पुगिसकेको र आर्थिक वर्ष २०७७र७८ को बजेटका लागि पनि धेरै समय बाँकी नरब अवस्थामा नयाँ अर्थमन्त्री ल्याउँदा बित्तीय क्षेत्रमा नराम्रो असर पर्न सक्ने छ । यस्तोमा खतिवडालाईनै आगामी बजेट ल्याउन दिने योजनामा औली छन् । यसैको कारण खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसंगै सरकारको प्रवक्ताको पनि जिम्मेवारी पाए ।।
तर पार्टीको निर्णय विपरीत गएर ओलीले खतिवडालाईनै दोहोर्याउन चाहे नेकपाभित्र ठूलो बबन्डरको स्थिति सिर्जना हुने निश्चित छ । यस्तोमा एक पछ अर्को विवादमा मुछिएका ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चाहानेलाई निकै सहज हुनेछ । यस्तोमा ओलीले यो अवस्थाको सामना कसरी गर्छन्, त्यो भने हेर्न बाँकीनै छ ।