काठमाडाैं । संविधानमा भएकाे व्यवस्था अनुसार संवैधानिक परिषदले गत माघ ६ गते ५ वटा आयाेगकाे अध्यक्ष सिफारिस गर्याे । सिफारिस भएका ती अध्यक्षहरु संसदीय सुनुवाइ समिततिबाट अनुमाेधन भएपछि गत चैत ७ गते राष्ट्रपतिबाट नियुक्त भए । तर नियुक्त भएर कार्यभार सम्हालेकाे यतिका समय भइसक्दा पनि आयाेगले पूर्णता पाउन सकेकाे छैन । न त कर्मचारी व्यवस्थापनकाे काम नै भएकाे छ न भवनकाे नै ।
नेपालकाे संविधानकाे धारा २६३ मा थारु आयाेगकाे व्यवस्था गरिएकाे छ । जसमा अध्यक्ष र अन्य चारजना सदस्य रहने व्यवस्था छ । यसरी नियुक्त भएका अध्यक्ष तथा सदस्यकाे पदावधि नियुक्ति भएकाे मितिले ६ वर्षकाे हुने धारा २६३ काे उपधारा ३ मा व्यवस्था छ । संवैधानिक परिषदबाट सिफारिस भइ अहिले विष्णुप्रसाद चाैधरी थारु आयाेगकाे अध्यक्ष छन् । तर अध्यक्ष बाहेक अन्य कुनै पनि सदस्य हालसम्म आयाेगले पाएकाे छैन ।
अनामनगरकाे भाटभटेनी पछाडी दुई तले भाडाकाे घरमा आयाेगकाे कार्यलय छ ।
आयाेगमा हाल एकजना सचिव, एकजना लेखापाल, एकजना अधिकृत, १ जना नायव सुब्बा, ५ जना कार्यालय सहयाेगी र ४ जना सवारी चालक गरी जम्मा १३ जना कर्मचारी छन् । तर आयाेगमा दरबन्दी भने ३० जनाकाे छ । भएका अधिकांश कर्मचारी एउटै काेठामा बसेर काम गर्छन् ।
एकातिर पदाधिकारी नियुक्त नहुनु र अर्का तिर कर्मचारी व्यवस्थापन पनि नहुँदा आयाेगले साेचे अनुरुप काम गर्न नसकेकाे आयाेगका अध्यक्ष विष्णुप्रसाद चाैधरीकाे गुनासाे छ । उनी भन्छन्, ” अरु सदस्यहरु पनि चाँडै नियुक्त भए काम गर्न सहज हुने थियाे, अहिले म एक्लैले कति गर्नु ?” उनी अगाडि भन्छन्, भवन पनि व्यवस्थित हुन सकेकाे छैन, कर्मचारी पनि १३ जना मात्र छन्, एक जना अधिकृत त यही बैशाखमा सेवा निवृत्त हुँदैछन् ।”
चाैधरीका अनुसार आयाेगले झण्डै दुई महिनाकाे समयमा प्रादेशिक छलफल मात्र गर्न सक्याे । थारू समुदायको समग्र स्थितिको अध्ययन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका लागि सरकार समक्ष सिफारिस गर्ने, थारू समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको समिक्षा, अनुगमन र मूल्याङ्कन गर्ने, थारू समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा समुदायको सशक्तीकरणका सम्बन्धमा भएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए नभएको विषयमा अध्ययन गरी कार्यान्वयन गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा सरकारलाई सुझाव दिने लगायत आयाेगका क्षेत्राधिकार छन् । तर आयाेगले उक्त अधिकार अनुसार कुनै काम सुरु गर्न सकेकाे देखिँदैन ।
तर यसमा अध्यक्ष चाैधरी पदाधिकारी र कर्मचारी नहुनुलाईनै कारक मान्छन् । त्यसैले यति छिटै आयाेगले काम गर्न सकेन भन्न नमिल्ने उनकाे तर्क छ ।
तर आयाेगले पूर्णता पाए र कर्मचारी व्यवस्थापनकाे काम सम्पन्न भए आयाेगले द्रुत गतिमा काम गर्न सक्ने उनकाे दाबी छ । जसका लागि उनले आयाेगलाई छिटाे भन्दा छिटाे पूर्णता दिन सरकारसंग आग्रह पनि गरेका छन् ।
यस्ताेमा सरकारले आयाेगलाई छिटाे भन्दा छिटाे पूर्णता दिएर सहज अवतरण गराउन आवश्यक छ ।