काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गरेका छन् ।
मंगलबार रास्वपाले ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि आज बिहान कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताए ।
प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको उनको भनाइ छ । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रूपान्तरणको सङ्कल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी,’ उनी भन्छन् ।
Facebook Comments Box