सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ।
प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका हुन्।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्।
विश्वासको मतका लागि मुख्यमन्त्री रावलले पेस गरेको प्रस्ताव नै छलफलका लागि पारित हुन नसकेपछि रावल पदमुक्त भएका हुन्।
उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन नगइ काठमाडौं बसेपछि उनलाई विश्वासको मत पाउने अवस्था थिएन।
Facebook Comments Box