काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले दर्ता गरेको रिट निवेदनमाथि आज सुनवाइ हुन लागेको हो ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् ।
यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले निवेदन दरपिठ गरेका थिए ।
Facebook Comments Box